समाचार

पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले

By खबरहब

September 07, 2024

काठमाडौं– बम विस्फोटमा परी घाईते भएका फालेलुङ-५ डाँडागाँउका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिएको छ ।

कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका हुन ।

सो घटनामा चारजना बालबालिका घाइते भएका थिए। दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

 यसअघि ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो ।

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो