अन्तर्राष्ट्रिय

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

By खबरहब

September 07, 2024

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको उद्योग वार्षिक ४२ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

प्रतिष्ठित अन्तर्राष्ट्रिय लेखा कम्पनी प्राइसवाटरहाउकुपर्स (पीडब्लूसी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०२३–२४ मा १ खर्ब ५९ अर्ब पटक डिजिटल भुक्तानीका माध्यमबाट कारोबार भएको छ ।

पीडब्लूसीका अनुसार सन् २०२८–२९ मा अहिलेको तुलनामा यो तीन गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ । पीडब्लूसीका अनुसार सन् २०२८–२९ मा भारतीय डिजिटल भुक्तानीको बजारमा कारोबार आवृत्ति ४ खर्ब ८१ अर्ब पुग्ने छ ।

त्यसबाहेक सो अवधिसम्म भुक्तानीको परिमाण पनि दुई गुणाले बढ्ने पीडब्लूसीको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०२३–२४ मा २६५० खर्ब भारु बराबरको डिजिटल कारोबार भएको छ । यो २०२८–२९ सम्म ५९३० खर्ब भारु बराबार पुग्ने अपेक्षा गरिएको छ ।