अन्तर्राष्ट्रिय

न्यूयोर्कका गर्भनरकी पूर्वसहयोगीमाथि चीनका लागि जासुसी गरेको आरोप

By खबरहब

September 07, 2024

काठमाडौं – अमेरिकाको न्यूयोर्क राज्यमा गभर्नरलाई सहयोग गर्ने पदमा रहेकी एक जनालाई चीनका लागि जासुसी गरेको आरोप लागेको छ ।

न्युयोर्कका गभर्नर क्याथी होचुल र पूर्वगभर्नर एन्ड्रियु कुओमोकी पूर्वसहयोगीलाई चीन सरकारका लागि जासुसी गरेको आरोप लागेको ।

अमेरिकी सरकारी वकिल ब्रोन पीसले लिन्डा सुन नामकी ती पूर्वसहयोगीलाई यस्तो अभियोग लगाइएको बताएका हुन् । सुनले न्यूयोर्कको गभर्नर कार्यालयमा विभिन्न पदमा १५ वर्ष काम गरेकी थिइन् ।

सुन र उनका पति क्रिस हुमाथि सम्पत्ति शुद्धीकरण षड्यन्त्र, बैंक ठगी गर्ने षड्यन्त्र र पहिचानको दुरुपयोग गरेको अभियोग चलाइएको छ ।

केही समयअघि दुबै दम्पत्तिलाई अमेरिकी संघीय छानबिन ब्यूरो एफबीआईले लङ आइल्याण्डस्थित उनीहरुको घरबाट पक्राउ गरेको थियो ।