अन्तर्राष्ट्रिय

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

By खबरहब

October 07, 2024

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा भारत पुगेका छन् ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसअघि आइतबार राति माल्दिभ्सका राष्ट्रपति  मुइज्जुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

बैठकको बारेमा एस. जयशंकरले भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लागेको बताउदै दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने राष्ट्रपति मुइज्जुको प्रयासको प्रशंसा गरेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच हुने भेटलाई उद्धृत गर्दै एस जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म विश्वस्त छु कि प्रधानमन्त्रीसँग माल्दिभ्सका राष्ट्रपतिको भेटले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।