अन्तर्राष्ट्रिय

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

By खबरहब

October 07, 2024

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई आक्रमण गरेको छ ।

इजरायलले आइतबार राति बेरुतको दक्षिण क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हिज्बुल्लाहको हतियार भण्डारहरूलाई निशाना बनाइएको बताएका छन् ।

इजरायली अधिकारीहरूले हिज्बुल्लाहले प्रहार गरेका पाँच वटा रकेटले इजरायलको डिफेन्स सिस्टम भेदनमा सफलता हासिल गरेको घटनाको पनि जाँच भइरहेको जनाएको छ ।

आइतबार राति हिज्बुल्लाहका पाँच मिसाइल इजरायलको हाएफा सहरमा खसेका थिए । जसका कारण केही मानिसहरू घाइते भएका छन् ।

इजरायली सेनाले गाजाको एक अस्पतालमा पनि आक्रमण गरेको छ । उक्त अस्पतालबाट हमासले अपरेशन चलाइरहेको दाबी गरेको छ ।