समाचार

३ वर्षको सेवा-सुविधाबापतको १५ लाख बाढीपहिरो प्रभावित पालिकालाई

By खबरहब

October 07, 2024

काठमाडौं– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा–सुविधाबापत आउने रकम बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन् । 

उनले आफ्नो सेवासुविधाबापत तीन वर्षमा आउने सेवा–सुविधाबापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन् ।

नगर प्रमुख खरेलले कार्यपालिका बैठकबाट आधिकारिक निर्णय गराएर आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने १५ लाख रुपैयाँ बाढीपहिरोबाट क्षतिग्रस्त जिल्लाका स्थानीय तहहरूलाई राहत स्वरूप सहयोग गर्ने घोषणा गरेको बताए । 

‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उनीहरूलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हँ,’ नगर प्रमुख खरेलले भने । 

बाढीपहिरोले काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ ।