देश/प्रदेश

राष्ट्रव्यापी नदी सफाइ अभियानमा जुटे युवा समूह

By खबरहब

October 07, 2024

काठमाडौं– सेप्टेम्बर २० मा विश्व सरसफाइ दिवस र सेप्टेम्बर २१ मा विश्व नदी दिवसको अवसरमा नेपालभरका समुदायहरूले सप्ताहव्यापी नदी सरसफाइ अभियानमा भाग लिए ।

जसमा स्थानीय बासिन्दाहरू, युवा समूहहरू र सम्मानित अतिथिहरूलाई नदी प्रदूषणसँग जुध्न र वातावरणीय संरक्षण र व्यवस्थापन बढवा दिन परिचालन गरिएको थियो ।

यस पहलले ललितपुर, हेटौडा, भरतपुर, इच्छाकामना र गजुरीमा आयोजित महत्त्वपूर्ण सरसफाइ कार्यक्रमहरूको साथ जलमार्ग संरक्षणमा सहकार्य र प्रतिबद्धतालाई बढवा दिएको आयोजकले बताएका छन् ।