खेलकुद

यी हुन् एनपीएल अक्सनमा उच्च मूल्य पाएका खेलाडी

By खबरहब

October 07, 2024

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ । आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११-११ खेलाडी किनेका छन् ।

अक्सनमा १२ खेलाडीलाई सर्वाधिक १५ लाखको बोली लागेको छ । जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए ।

त्यस्तै विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५ लाख खर्च गरको छ भने जनकपुर बोल्ट्सले ललित राजबंशी र अनिल कुमार शाहका लागि १५ लाख खर्च गरेको छ ।

त्यसैगरी कर्णाली याक्सले गुलशन झाका लागि काठमाडौँ गुर्खाजले शहाब आलम र भीम सार्कीका लागि लुम्बिनी लाइन्सले सुर्य तामाङ, बिबेक यादव र सन्दीप जोराका लागि १५-१५ लाख खर्च गरको छ ।

त्यसैगरी पोखरा अभेन्जर्सले सागर ढकालका लागि सुदूरपश्चिमले आरिफ सेखका लागि उच्च मुल्य १५ लाख खर्च गरेका छन् ।