समाचार

मेडिसिटी अस्पतालको ल्याब दशैँपछि सञ्चालनमा आउने 

By खबरहब

October 07, 2024

काठमाडौं– ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको ल्याब दशैँपछि मात्रै सञ्चालनमा आउने भएको छ । असोज ११ र १२ गतेको लगातारको वर्षाले नख्खु खोलामा आएको बाढीले अस्पतालको एक तला डुबाएको थियो । 

अस्पतालकी सूचना अधिकारी अनिता श्रेष्ठले क्षतिको विवरण यकिन भैनसकेको खबरहबलाई बताइन् । साथै उनले इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतला डुबानमा परेकाले ल्याब सञ्चालनमा आउन केही दिन लाग्ने जानकारी दिइन् । 

बाढी पसेपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको थियो ।