फाइल तस्वीर

समाचार

नेपाल एयरलाइन्सले फूलपातीमा काठमाडौं-भैरहवा उडान गर्ने

By खबरहब

October 07, 2024

काठमाडौं– नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ ।

अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रुको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौं भैरहवा उडान गर्ने भएको हो ।

नेपाल एयरलाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौंदेखि भैरहवा उडान हुने छ । भैरहवाबाट १२: ३० बजे काठमाडौंका लागि उड्ने भएको छ ।