समाचार

सिन्धुली बस दुर्घटना अपडेट – दुईजनाको मृत्यु, २३ जना घाइते, गम्भीर अवस्थाका दुईलाई धरान पठाइयो

By खबरहब

October 07, 2024

काठमाडौं- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सोमबार दिउँसो ३ बजे भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा दुईजनाको घटनास्थमलै ज्यान गइसकेको छ। २३ जना घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ ।

२३ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आठजना गम्भीर घाइतेमध्ये दुईजनालाई उपचारका लागि तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले दुईजनाको घटनास्थलमै ज्यान गएको बताए । तर उनीहरूको सनाखत नभइसकेको जानकारी उनले दिएका छन् ।

भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमा दुर्घटनामा परेको थियो ।

बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भए पनि मानवीय हताहतीसमेत भएको छ ।