अन्तर्राष्ट्रिय

सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलरको हुने

By खबरहब

October 07, 2024

काठमाडौं – सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलर बराबर पुग्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

आस्क क्यापिटलले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने जनाइएको छ ।

खासगरी ग्रामीण क्षेत्रमा समेत प्रभावकारी र सस्तो मूल्यको फोरजी र फाइभजी इन्टरनेटको सेवा विस्तार, डिजिटल अर्थतन्त्रको प्रोत्साहनमा सरकारी भूमिकाजस्ता कारणले भारतीय डिजिटल अर्थतन्त्रको आकार बढ्ने विश्लेषण गरिएको छ । भारतको डिजिटल रुपान्तरण आर्थिक विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

इण्डियन काउन्सिल फर रिसर्च अन इन्टरनेशनल इकोनोमिक रिलेसन्सका अनुसार भारतको डिजिटल कारोबारको प्रभाव जापान, जर्मनी, बेलायतभन्दा धेरै रहेको छ । स्मार्टफोन र ब्रोडब्याण्ड इन्टरनेटको बढ्दो प्रचलनसँगै भारतमा डिजिटल अर्थतन्त्र अझै माथि जाने विश्लेषण गरिएको छ ।