काठमाडौं- आगामी मसिर ७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘अग्निदहन’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा बोक्सी कु-प्रथाप्रतिको अन्धविश्वासका घटना देखाइको छ ।
समाजमा जरो गाडेर बसेको बोक्सी कुप्रथा र बोक्सीको आरोप लागेपछि महिला दिइने यातनासमेत ट्रेलरमा समेटिएको छ ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । यस फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।
मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको निर्देशक लामिछानेको भनाइ छ ।
फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ले निर्माण गरेको यस फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले यो फिल्म हेरिसकेका छन् । चलचित्र विकास बोर्डले फिल्मलाई ‘विशेष चलचित्र अवार्ड’ दिएको छ।
हेर्नुहोस् ट्रेलर :