खेलकुद

फ्रेन्च कप : रेभेलविरुद्ध पिएसजीको ९ गोल

By खबरहब

January 08, 2024

काठमाडौँ– फ्रेन्च कप फुटबलमा पीएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रेभेललाई ९–० गोलले हराउँदै पीएसजी अर्को चरणमा पुगेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै, राण्डल कोलो मुआनीले २ गोल तथा मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक–एक गोल गरेका थिए । एक गोल भने रेभेलका म्याक्सेन्सले गरेको आत्मघातीबाट प्राप्त भएको थियो ।