राजनीति

राष्ट्रियसभामा एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार

By खबरहब

January 08, 2024

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा पठाउने दुईजना उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले बागमती प्रदेशबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा (दलित) र कर्णालीबाट सावित्री मल्ललाई (महिला) उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता रहेको छ । आज बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय रहेको छ ।