समाचार

कांग्रेस नेता सिटौलाले गराए राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता

By खबरहब

January 08, 2024

काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आज कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन्।

सिटौलाको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी रहेको छ ।

हिजाे बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियाे । सिटौला गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।