सांकेतिक तस्वीर

देश/प्रदेश

दार्चुलामा एक युवती मृत फेला 

By खबरहब

January 08, 2024

दार्चुला– दार्चुलामा एक युवती मृत फेला परेकी छन् । महाकाली नगरपालिका-२ मैखोलीकी २० वर्षीया युवती निर्मला सितोली आइतबार दिउँसो मृत फेला परेकी प्रहरीले जनाएको छ । 

ती युवती घर नजिकैको पोलीहाउसको भित्र मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।