आर्थिक

हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिमा खुल्यो ?

By खबरहब

January 08, 2024

काठमाडौँ– हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ ।

सोमबार प्रिओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार खुला भएको हो । हिमालयनको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर आइतबार सूचीकृत भएको थियो ।