सांकेतिक तस्बिर

अपराध

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

By खबरहब

January 08, 2024

काठमाडौँ– चन्द्रागिरि नगरपालिका-३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

 सर्लाही मलङ्गवा नगरपालिका-६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात् उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सो क्रममा ह्याण्ड सेट एक थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।