अपराध

चितवनमा बोराभित्र शव फेला परेका दुबै जनाको पहिचान खुल्यो

By खबरहब

January 08, 2024

काठमाडौं – चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ । चितवन प्रहरीले उनीहरु दुबै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ ।

दुबै जना भारतको मोतिहारीका रहेको प्रहरीले जनाएको हो ।

गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो ।

अन्दाजी २८-३० वर्षका महिला र पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेपछि प्रहरीले उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ । शवको पहिचनासँगै उनीहरुको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने व्यक्ति भारतीय नागरिक नै रहेको र उनी भारतमै अर्को हत्यामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । बयानका लागि नेपाल प्रहरीको टोली भारत गएको छ ।