समाचार

उच्च अदालतका न्यायाधीशले लिए शपथ

By खबरहब

January 08, 2024

काठमाडौं – उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन।

आज पाटन उच्च अदालतमा मुख्य न्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई शपथ गराएका हुन ।

शपथ कार्यक्रममा कानुनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पुस १८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका थियो ।

जसमा जिल्ला अदालतमा कार्यरतमध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चार जना र कानुन व्यवसायीबाट नौ जना चयन भएका थिए ।