समाचार

सहकारीले कृषि क्षेत्रलाई समेट्न सकेन : सभामुख घिमिरे

By खबरहब

January 08, 2024

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् । 

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका हुन् ।

कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमिनलाई उत्पादनमूलक बनाउने र उत्पादनसँगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रित गर्नुपर्ने उनले बताए । उनले तीन खम्बे अर्थनीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताए  । 

सभामुख घिमिरेले सहकारी क्षेत्रको कानून निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

उनले राजनीतिक परिर्वतन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गरे ।