काठमाडौं– सन् २०२३ को अन्त्यमा तीन फिल्म एनिमल, डंकी र सलार प्रदर्शनमा आए । डिसेम्बर १ बाट प्रदर्शनमा आएको एनिमल रणवीरको जीवनकै सबैभन्दा हिट चलचित्र बन्यो । प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मको सिनेमा घरबाट बाहिरिएको छैन ।
त्यस्तै डिसेम्बर २१ बाट प्रदर्शनमा आएको शाहरुख खानको डंकी सन् २०२३ को तेस्रो फिल्म हो । यो फिल्मले ‘माउथ पब्लिसिटी’ मात्र राम्रो पाएको छैन, व्यापार पनि राम्रो गरेको छ । त्यस्तै प्रभासको मुख्य भूमिका रहेको सलारले सुरुवाती दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको छ ।
३८ दिनमा एनिमल
सन्दीप भंगाको निर्देशन रहेको एनिमल ५०० करोड क्लबमा प्रवेश गरेको रणवीरको पहिलो फिल्म हो । बुबा–छोराको प्रेममा आधारित यस फिल्ममा भरपुर एक्सन देख्न सकिन्छ ।
ट्रेड एक्सपर्टकाअनुसार प्रदर्शनमा आएको ३८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा ४५ लाख भारुको व्यापार गरेको छ । यससँगै यो फिल्मले ५५० करोड भारुको व्यापार गरेको छ । डंकी र सलारको तुफानी व्यापारमा पनि एनिमलले दर्शकको साथ पाइरहेको छ ।
१८ दिनमा डंकी
राजकुमार हिरानीको निर्देशनमा रहेको डंकी शाहरुखको सन् २०२३ को तेस्रो फिल्म हो । डंकी विश्व बजारमा समेत सफल फिल्म हो । गौर कानुनी आप्रवासनमा आधारित यो पारिवारिक ड्रामाले भरिपूर्ण छ ।
१८ औं दिनमा यो फिल्मले हिन्दी भाषामा २५ लाखको व्यापार गरेको छ । त्यस्तै फिल्मले अहिलेसम्म २१६ करोड भारुको व्यापार गरेको छ ।
प्रभासको सलारसँग जुधेको यो फिल्मले दर्शकबाट राम्रो साथ पाएको छ ।
सलार दुई मिल्ने साथी कट्टर दुस्मन भएको कथामा आधारित सलारको निर्देशक प्रशान्त निल हुन् । फिल्म प्रभासको मुख्य भूमिका रहेको छ भने पृथ्वीराज सुकुमारन महत्त्वपूर्ण भूमिकामा देखिन्छन् ।
यो फिल्मले सबै भाषामा पहिलो साता ३०८ करोडको आक्रामक व्यापार गरेको थियो । यसको प्रभाव शाहरुखको डंकीलाई समेत परेको थियो ।
त्यस्तै यो फिल्मले प्रदर्शनमा आएको १७ औं दिनमा पनि ७५ लाख भारुको गरेको छ । यो फिल्मको अहिलेसम्म हिन्दी भाषामा मात्रै ३९२ करोडको व्यापार गरेको छ ।