समाचार

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा नियुक्त

By खबरहब

January 08, 2024

काठमाडौं– स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा नियुक्त भएका छन । 

सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा. थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्।

डा. थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । यसअघि महाशाखाको निर्देशक रहेका डा. सर्वेश शर्मालाई वीर अस्पतालमा पठाइएको छ ।