राजनीति

सुदूरपश्चिममा गठबन्धन र एमालेका तीन-तीन जनाको उम्मेदवारी

By खबरहब

January 08, 2024

कैलाली – सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्ष र प्रतिपक्ष दलका ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सत्तागठबन्धका तर्फबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कांग्रेसकै नारायण भट्टले उम्मेदवारी दर्ता गराएका हुन । महिलातर्फ नेकपा माओवादीकी रेणु चन्दले उम्मेदवारी दर्ता गराएकी छन ।

यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपांगता/अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन ।