राजनीति

यी हुन बागमतीमा ६ दलबाट उम्मेदवारी दिएका १५ उम्मेदवार

By खबरहब

January 08, 2024

काठमाडौं – राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४, दलित समूहका लागि ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

बागमतीमा गठबन्धन दलका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी परेको छ ।

बागमती प्रदेश महिला नेकपा एमालेकी रोच कुमारी चौलागाईं, नेपाली कांग्रेसकी विष्णु देवी पुडासैनी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बाट कुमारी डल्लाकोटी र नेपाल मजदुर किसान पार्टीकी कृष्ण लक्ष्मी दुवालको उम्मेदवारी परेको छ ।

दलित तर्फ नेकपा एमालेका ध्रुव राज विश्वकर्मा, नेकपा एकिकृत समाजबादीबाट घनश्याम रिजाल, नेपाल मजदुर किसान पार्टीबाट संगिता नेपालीले उम्मेदवारी दिएका छन ।

अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायको एमालेबाट बिबेक देवकोटा, माओवादी केन्द्रबाट श्रीकृष्ण प्रसाद अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरत मणी भट्ट, नेपाल मजदुर किसान पार्टीबाट हिमालयश्वर लाल मुलको उम्मेदवारी परेको छ ।

अन्यमा नेकपा एमालेबाट त्रिलोचन निर्मल पौडेल, नेपाली काँग्रेसका जित जंग बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेम जङग गुरुङ र नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन ।