अन्तर्राष्ट्रिय

म्यान्माबाट ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात

By खबरहब

January 08, 2024

याङ्गुन– म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । 

सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर संकलन तथ्यांकले देखाएको छ ।

स्रोतका अनुसार डिसेम्बरमा १ लाख १ हजार १५६ टन चामल र ९४ हजार ६७२ टन टुक्रा चामल निकासी भएको थियो । म्यान्माले इन्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्यान्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल निर्यात गर्ने गर्दछ ।