स्वास्थ्य

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

By खबरहब

January 08, 2024

काठमाडौं – कोभिड– १९ को नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जेएन.१ पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट सङ्कलित १६ वटा पोजेटिभ नमूनाको जिनोम सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरेको थियो । परीक्षणमा सात वटा नमूनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार हाल विश्वका केही देशहरुमा कोभिड–१९ ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को जोखिम बढिरहेको छ । संक्रमणको फैलावट नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ति