खेलकुद

महोत्तरीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

By खबरहब

January 08, 2024

महोत्तरी – महोत्तरीको बर्दिवासमा दोश्रो मेयर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

देशैभरीका भलिबल टिमलाई सहभागी गराउने उद्देश्यले आयोजना भएको प्रतियोगिता १ माघ देखि ४ माघसम्म आयोजना हुने भएको हो।

नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तीका अनुसार प्रायः सवै प्रदेशको प्रतिनिधित्व हुनेगरी झण्डै २० वटा टिम सहभागी हुने आकलन गरिएको छ।

लगभग ८ लाख लागतको अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार, दोश्रो हुने टिमले ५१ हजार पुरुस्कार जित्ने घोषणा समेत गरिएको छ।

बर्दिवास– १३ स्थित रामजानकी पार्कमा खेलाईने उक्त प्रतियोगितामा टाढावाट सहभागी खेलाडीहरुको लागी आवास तथा खाना र यातायात खर्चको समेत व्यवस्था गरिएको विकास समितिका सचिव अर्जुन बस्नेतले जानकारी दिए।