फाइल फोटो

समाचार

एक लाख ६२ हजार रुपैयाँ बराबरको प्याज बरामद

By खबरहब

January 08, 2024

लुम्बिनी – रुपन्देही प्रहरीले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा प्याज बरामद गरेको छ।

भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको प्याज बरामद गरिएको प्रहरीले जनाएको छ।

मायादेवी गाउँपालिका वडा नम्बर–४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा प्याज स्थानीयवासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।

बरामद गरिएको प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ।