अपराध

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 08, 2024

काठमाडौं – पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छन्।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन्।

उनलाई आज सोमबार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ।