खेलकुद

एएफसी एसियन कप : इरानलाई हराउँदै कतार फाइनलमा

By खबरहब

February 08, 2024

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा इरानलाई हराउँदै आयोजक कतार फाइनलमा प्रवेश गरेको छ ।

गएराति दोहास्थित अल थुमामा रंगशालामा भएको खेलमा इरानलाई ३–२ गोलले हराउँदै कतार उपाधि नजिक पुगेको हो ।

खेलको चौथो मिनेटै इरानका सरदार अजमोनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

खेलको १७औँ मिनेटमा कतारका जेसिम गाबेर अब्दुलसालमले १ गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । यस्तै अक्रम अफिफले ४३औँ मिनेटमा गोल गर्दै इरानलाई २–१ गोलले अघि बढाए ।

त्यसपछि ५१औँ मिनेटमा इरानका अलिरेजा जाहानबाक्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ८२औँ मिनेटमा अल्मोज अली जाइले गोल गर्दै कतारलाई जित दिलाए ।

अब उपाधिका लागि कतारले जोर्डनसँग खेल्नेछ ।