क्रिकेट

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

By खबरहब

February 08, 2024

काठमाडौँ– क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले ब्याटिङ रोजेपछि क्यानडाले बलिङ गरिरहेको छ । आजको सिरिजमा दुवैट टोली जित निकाल्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।