खेलकुद

नेपालले गुमायो पहिलो विकेट

By खबरहब

February 08, 2024

काठमाडौं – क्याानडासँगको पहिलो ओडिआई खेलमा टस जितेर ब्याटिङ गरेको नेपालको एक विकेट गएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालका ब्याटिङ गरिरहेको नेपालका आसिफ सेख ८ रनमा आउट भए । ९.१ ओभरमा ४८ रन हुँदा आसिफ पहिलो विकेटको रुपमा पभेलिएन फर्किए ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल व्यक्तिगत ३६ रनमा खेलिरहेका छन् । उनलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

नेपालबाट आजको खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।