खेलकुद

कुशल ६२ रनमा आउट, नेपालले गुमायो चार विकेट

By खबरहब

February 08, 2024

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालका ओपनर कुशल भुर्तेल ६२ रनमा आउट भएका छन् । यो सँगै नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै आउट भए । भीम सार्की १७ रनमा आउट भए ।

यसअघि नेपालका आसिफ शेख ८ रनमै आउट हुँदा कप्तान रोहितकुमार पौडेलले पनि ८ रन बनाए । अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।