फाइल तस्बिर

समाचार

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

By खबरहब

February 08, 2024

काठमाडौं – सत्ता साझेदार दलका नेता र मुख्यमन्त्रीसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा लगायत सत्ता साझेदार सबै दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन तथा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गर्दै आएक छन् । निर्वाचन अगाडी नेपाली कांग्रेसलाई राष्ट्रियसभाको अध्यक्ष दिने सहमति भए पनि अहिले आएर माओवादीले अध्यक्षमा दाबी गर्दै आएको छ ।