ब्रेकिङ स्टोरी

नेपालले गुमायो सातौं विकेट

By खबरहब

February 08, 2024

काठमाडौं – क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटको रुपमा नेपालका पवन सर्राफ १५ रनमा आउट भए । ३४ बल खेलेका सर्राफले एक चौंका प्रहार गर्दै १५ रन बनाए ।

यसअघि नेपालका आरिफ शेख ३८ रनमा आउट हुँदा कुशल मल्ल २० रनमा आउट भए । ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा पभेलिएन फर्किए ।

अर्का ओपनर आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल पनि ८ रनमा आउट भए । अहिले क्रिजमा सोमपाल कामी र सूर्य तामाङ छन् । नेपाल ताजा अवस्थामा ४४ ओभरमा १८५ रन बनाएर खेलिरहेको छ ।