समाचार

आगलागीबाट दुई बालबालिकाको मृत्यु

By खबरहब

February 08, 2024

अछाम– अछाम मेल्लेख गाउँपालिका-३ मा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । 

जयबहादुर बूढा र झंकरे बुढाको खरले छाएको गोठमा बुधबार साँझ भएको आगलागीमा ६ वर्षीया निरूता बूढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोठमा बालेको आगो भित्र राखिएको खरमा सल्किएपछि खेलिरहेका बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।