खेलकुद

कप्तान रोहितले लिए क्यानडाको पाँचौ विकेट

By खबरहब

February 08, 2024

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले पाँचौ विकेट लिएका छन् । उनले सिरेस माेभालाई १ रनमा आउट गरे ।

यसअघि कुशल मल्लले चौथो विकेट लिएका थिए । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ३८ ओभर खेल्दै पाँच विकेट गुमाएर १९२ रनमा खेलिरहेको छ । क्यानडाका निकोलस कीर्तन ६२ रनमा नटआउट छन् ।

यसअघि नेपालका सोमपाल कामी र रिजन ढकालले एक–एक विकेट लिएका थिए ।