सांकेतिक तस्बिर

समाचार

दुई राउन्ड गोली र लागूऔषधसहित चार जना पक्राउ

By खबरहब

February 08, 2024

ललितपुर– महालक्ष्मी नगरपालिका-६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका-७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय सुरेश उप्रेतीसहित ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली, अवैध लागूऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्रोजन ९ ट्याब्लेट, स्पाम्स १४ ट्याब्लेट, डिजिटल तराजु १ थान, फलामको नक १ थान, मोबाइल ८ थान, एटिएम कार्ड ४ थान, चेक बुक ३ थान, कृषि विकास बैंकको साईन गरेको २ हजारको चेक, एनआइसी एसिया बैंकको साईन गरेको २ हजारको चेक, आइएमई कार्ड १ थान र नगद ५ हजार ३ सय ७५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।