अपराध

दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

February 08, 2024

काठमाडौं– दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  चितवनको खैरेनी नगरपालिका घर भई ललितपुरको गोदावरीमा बस्ने ३९ वर्षीय शान्ति गुरुङ रहेकी छन् ।

गुरुङले सन्तोषी कुमारी थापा समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ३ लाख रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ५ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङको खोजतलास गर्ने क्रममा बुधबार ललितपुर गोदावरी नगरपालिका चापागाँउबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।