समाचार

आलु प्याजमा कर लगाउने सरकार स्वयं अरबौँको कर घोटालामा लिप्त्

By खबरहब

February 08, 2024

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजको ९३ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ ।  

काठमाडौंमा आयोजित शान्ति काव्य प्रवाहमा रचना प्रस्तुत गर्दै स्रष्टाहरुले ४० अरब वार्षिक आम्दानी हुने कम्पनी ६ अरबमा बिक्री भएको भनिएकोप्रति व्यङ्ग गर्दै नेताहरू स्वयं बिक्री हुन थालेको बताए । 

जनतालाई आलु प्याजमा कर लगाउने सरकार अरबौँको कर घोटालामा स्वयं लिप्त् भएको भन्दै स्रष्टाहरुले आक्रोश व्यक्त गरेका थिए । काव्य प्रवाहमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणसहित कवितासमेत वाचन गरिएको थियो ।  

समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न भ्रष्टाचार विरुद्ध केन्द्रित ९३ औँ शान्ति काव्य प्रवाहमा रामबहादुर पहाडी, रामेश्वरी पन्त, मेनका पोखरेल आचार्य, दुर्गाकिरण तिवारी, ललिता दोषी, लक्ष्मी एडी, रत्ननीधि रेग्मी, डा. बमबहादुर जिताली, भाग्यशाली अधिकारी, बाबुराम लामिछाने, रुद्र अधिकारी, भुवन शिवाकोटी, गगनदीप सर्व, विजयराज न्यौपाने, निर्मलरमण पराजुली, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, टेकबहादुर लौहारी, कृष्ण पहाडी सहित १९ जना स्रष्टाहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।