क्रिकेट

यू-१९ विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

By खबरहब

February 08, 2024

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको फाइनलमा अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलियाले भारतसँगको भेट पक्का गरेको हो ।

एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए । भने ओलीभर पिएक ४९ रनमा आउट भए। त्यस्तै टोम क्याम्पबेलले २५ रन बनाए । पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो । पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए । अन्यको प्रदर्शन उल्लेखनीय रहेन् । अष्ट्रेलियाका ६ विकेट लिए ।

अष्ट्रेलियाले अब फाइनलमा उपाधिको लागि आइतबार भारतको सामना गर्ने छ ।