फाइल फोटो

आर्थिक

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

By खबरहब

March 08, 2024

काठमाडौं– फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज  कालीमाटी बजारमा कारोबार भइरहेको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ। 

कालीमाटी तरकारी बजारमा आज पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा कारोबार भइरहे पनि केही तरकारीको मूल्य भने थोरै घटबढ भएको छ। 

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। नेपाली ठूलो गोलभेँडा बढीमा ७० रुपैयाँ र घटीमा ६० रुपैयाँसम्ममा कारोबार भइरहेको समितिले जनाएको छ। 

त्यसैगरी भारतीय ठूलो गोलभेँडा औसत ७५, लोकल सानो गोलभेँडा २२, तराईको गोलभेँडा ३५, रातो आलु ३२, भारतीय रातो आलु ३५, लोकल गाँजर ३२, लोकल बन्दा ३०, स्थानीय काउली ३०, ज्यापु काउली ४५, तराईको काउली २५, रातो मुला ५५, सेतो मुला २७ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। यो औसत मूल्य हो। 

त्यसैगरी मटरकोशा ८०, तितेकरेला १३६, तराईको परवल २९०, घिरौँला १०३, पाकेको फर्सी ४५, हरियो फर्सी ४६, रायोको साग ४६, बकुल्ला ६६, ब्रोकाउली ४६, फुजी स्याउ ३२५, हरियो अंगुर १३०, कालो अंगुर २१० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।