ब्रेकिङ स्टोरी

एमाले बैठक : अरु दललाई पनि सरकारमा आउन आग्रह

By खबरहब

March 08, 2024

काठमाडौं– नेकपा एमालेले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई समर्थन गर्न अन्य राजनीति दललाई आग्रह गरेको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्यलाई फलदायी बनाउने निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

महासचिव पोखरेलले विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य महत्वपूर्ण हुने जिकिर गरे ।

बैठकले राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्रीसँग नयाँ सहकार्य गरेकोले यसलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकमा पार्टी स्थापनाको ७५ औं वर्षगाँठमा सन्दर्भमा आगामी वैशाख १० गते आयोजना गर्न लागेको विशेष समारोहको तयारीका बारेमा छलफल भएको उनले बताए । त्यसअघि बैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए ।