राजनीति

केही समय होमवर्कमा छौँ : गृहमन्त्री लामिछाने 

By खबरहब

March 08, 2024

काठमाडौं – गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू कामका लागि ‘चेक लिस्ट’ बोकेर आएको बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत लामिछानेले केही समय होमवर्कमा रहेको बताए ।

उनले लेखेका छन, ‘चेक लिस्ट’ सहित आएका छौँ । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ जय शम्भो.. जय नेपाली सेना …जय नारी.. । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र रास्वपालाई गठबन्धनमा सामेल गरेपछि रास्वपाबाट चार मन्त्री बनेका छन् ।

लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।