फोटो फिचर

टुँडिखेलमा सेनाको २६१ औं दिवस (फोटोफिचर)

By खबरहब

March 08, 2024

काठमाडौं – टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ । शिवरात्रिको दिनमा पर्ने सेना दिवस आज टुँडिखेलमा मनाइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको थियो । जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।