खेलकुद

छैटौँ झापा गोल्ड कपको फाइनलमा एपीएफ क्लब

By खबरहब

March 08, 2024

काठमाडौं– एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफ त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एपिएफले आर्मीको आत्माघाती गोलको कारण फाइनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औं मिनेटमा आत्माघाति भएको थियो ।

दोस्रो सेमिफाइनलमा शनिबार झापा–११ र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् । फाइनल खेल सोमवार हुनेछ ।

प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।