स्टोरी

नारायणी नदीमा जलक्रीडा (फोटो फिचर)

By खबरहब

April 08, 2024

चितवन– नारायणी नदीमा पछिल्लो केही समयदेखि मोटरबोट सञ्चालनमा छ । मोटरबोटमा बसेर नदी सेयर गर्नेहरूको संख्या पनि बढ्दो क्रममा रहेको सञ्चालकहरू बताउँछन् ।

चितवनमा आइतबारबाट शुरु भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय  खेलकुद प्रतियोगिता चलिरहँदा नदीमा मोटरबोट सेयर गर्नेहरू पनि देखिएका थिए । सात वटै प्रदेशबाट खेलकुदमा  सहभागी हुन आएकाहरूमध्ये केहीले मोटरबोट सेयर गरेर नारायणी नदीको अवलोकन गरेका थिए ।

बोट सञ्चालकहरुका अनुसार आन्तरिक पर्यटकहरू नारायणी नदीमा बोट सेयरका लागि आउने गरेका छन् ।  बर्खाको समयमा पानीको बहाव बढी हुँदा बोट सञ्चालन हुँदैन, तर हिउँदमा भने नियमित रूपमा बोट चल्ने गरेको छ ।

तस्बिरहरु हेर्नेहाेस् :