फाइल फाेटो

समाचार

निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : मन्त्री भण्डारी

By खबरहब

April 08, 2024

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन् ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन् । 

उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे । समायानुकुल उद्योग नीति, वाणिज्य नीतिहरूलाई समयानुकूल अघि बढाउने उनले बताए । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटले उद्योगहरूलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने जिकिर गरे ।

अहिलेको कर प्रणालीमा निजी क्षेत्रको असन्तुष्टिलाई आगामी बजेटले सम्बोधन गर्ने उनले बताए ।